जनता टाइम्स

२५ असार २०७८, शुक्रबार १२:२२

फेरि सर्यो एमाले कार्यदल बैठक, कार्यकर्तामा छायो निराशा


काठमाडौं, असार २५ । बिवाद मिलाउन क्रियाशिल एमाले कायदल बैठक फेरि सरको छ । बिहीवार साँझबाट आजका लागि तय गरिएको कार्यदल बैठक सहमतिका आधार पहिल्याउन नसकी एक घण्टाका लागि पर सारिएको हो ।

नेताहरु अनौपचारिक छलफलमा रहेको र कार्यदलमा भएको सहमतिअनुसार बरिष्ठ नेता माधवकुमार नेपाल हिडन तयार नभएपछि एमालेको एकता नै धरापमा परेको छ। यही क्रममा कार्यदलमा समेत अन्यौलता छाएको हो । सोही कारण आज साढे ११ बजे बस्ने भनिएका एमाले कार्यदलको बैठक तयारी नपुगेको भन्दै एक घण्टा सारिएको छ । हिजो साँझ उपप्रधानमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद बैठकमा व्यस्त भएपछि अनौपचारिक रुपमा बसेको बैठकले आज साढे ११ बजे बैठक बस्ने तयारी गरेको थियो ।

तर आजको बैठक पनि तयारी नपुगेको भन्दै पछाडि सारिएको छ । हिजोदिनभरी साँझसम्ममा एमालेमा सहमपत कायम हुने खबरले नेता कार्यकता उत्साहित भएका थिए । तर साँझ उपमहासचिव घनश्याम भस्सालले १० दिन यता कुनै प्रगति नभएको प्रतिक्रिया दिएपछि एमालेमा निराशा छाएको छ । आजको बैठकलाई धेरैले आशावादी नजरले हेरेका छैनन् । यसलाई सर्वोच्चको फैसला नआन्जेल एक पक्षले अर्को पक्षलाई अलमल्याउने अस्त्रको रुपमा व्याख्खा गरिरहका छन् ।

संस्थापन तर्फका कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङका अनुसार सहमतिको प्रयास जारी छ । त्यसै अनुसार थप तयारी गर्नका लागि आजको बैठक एक घण्टा सारिएको हो ।