काठमाडौँ, २५ असार। नेपाल प्रहरीका पाँचजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरुको शुक्रवार सरुवा भएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार, महानगरीय प्रहरी कार्यालय प्रमुख हरिबहादुर पाल प्रहरी प्रधान कार्यालय कार्य विभाग र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज प्रमुख प्रद्युम्न कार्की महानगरीय प्रहरी प्रमुखमा सरुवा हुनु भएको छ । त्यस्तैं, एआइजी विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान, निरज शाही अपराध अनुसन्धान विभाग र सहकुल थापा मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा सरुवा हुनुभएको छ ।
नवनियुक्त एआइजी थापालाई आइतबार दज्र्यानी चिह्न लगाउने कार्यक्रम रहेको छ । महानगरीय प्रहरी प्र्रमुखको नेतृत्व सम्हालेको सात महिना नवित्दै पाललाई परिवर्तन गरिएको हो । कार्य विभाग प्रमुख एआइजीलाई कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) को समेत जिम्मेवारी दिएको छ ।













प्रतिक्रिया दिनुहोस्