काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटबार्ता गर्नुभएको छ । मेलम्चीबाट फर्किएर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री ओली शितलनिवास जानुभएको हो ।
प्रधानमन्त्री ओलीको राष्ट्रपतिसँग यो नियमित भेटबार्ता हो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली मुलुकको पछिल्लो अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।













प्रतिक्रिया दिनुहोस्