सिन्धुली, असार २७ । गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजारमा ड्युटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जना पक्राउ परेका छन । आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा प्रहरीले महोत्तरी बर्दिबास नगरपालिका १ बस्ने २२ वर्षीय कुजर अलीलाई शनिबार राति पक्राउ गरेको हो ।
काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा १२ च १६८२ नम्बरको गाडी प्रहरी चेक पोइन्टमा ईन्ट्री गर्न आउँदा भेटनरी कागजको भित्र उक्त नगद दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । सो घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्