काठमाडौं, २७ असार । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र खारेजीको मागसहित दर्ता भएको निवेदन खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताउनुभएको छ ।
माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका रायमाझीले आफूहरुको निवेदन खारेज गर्ने आयोगको निर्णय पूर्वाग्रही भएकाले त्यसविरुद्ध सर्वोच्च अदालत जाने बताउनुभएको हो । ‘निर्वाचन आयोगको निर्णय पूर्वाग्रही छ। यो निर्णय कानुनसम्मत पनि छैन,’ रायमाझीले भन्नुभयो , ‘निवेदन खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध हामी सर्वोच्च जान्छौं। सर्वोच्च अदालतमा छिट्टै मुद्दा दर्ता हुन्छ।’
नेता रायमाझीले निर्वाचन आयोगसँगै माओवादी केन्द्रलाई पनि विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गर्ने बताउनुभयो। सर्वोच्चमा मुद्दा दायर गर्ने विषयमा कानुन व्यवसायीसँग परामर्श गरिने उहाँको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्