जनता टाइम्स

२८ असार २०७८, सोमबार ०७:३७

पार्टीलाई नयाँ शिराबाट उठाउन जरूरी छ : महासचिव पोखरेल


काठमाडौं, असार २८ । एमाले महासचिव ईश्वर पोखरेलले कार्यदलको सहमतिलाई स्वागत गर्नुभएको छ । कार्यदलको सहमतिलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेललेस्वागत गर्नुभएको हो ।

‘नेकपा एमालेमा लामो समयदेखि देखा परेको समस्याको समाधानका लागि गठित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका साथीहरूलाई धन्यवाद,’ पोखरेलले भन्नुभएको छ, ‘नेकपा एमालेको आन्तरिक जीवनमा यो अत्यन्तै सुखद छ । अब हामीले पार्टी र संगठनलाई मजबुत बनाउँदै पार्टीलाई नयाँ शिराबाट उठाउन जरूरी छ ।’

पोखरेलले नेकपा (एमाले) एकतावद्ध रूपमा देश र जनताको समस्या समाधान गर्न केन्द्रित रहने पनि उल्लेख गर्नुभएको छ ।