काठमाडौं, असार २८ । २०७७ पुस ५ गते भएको प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको विभाजनसँगै एउटै कमिटीमा नभेटिएका नेकपा एमालेका नेताहरु आज पहिलो पटक औपचारिक रुपमा भेट हुँदैछन् । कार्यदलको सहमतिसँगै आज बस्ने स्थायी कमिटी बैठकमा नेताहरुको औपचारिक भेट हुन लागेको हो ।
एमाले महासचिव इश्वर पोखरेलका अनुसार एकताका लागि गठित १० सदस्यीय कार्यदलले हस्ताक्षर गरेको १० बूदे सहमति अनुमोदनका लागि आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको छ । योसँगै ६ महिनापछि एमालेको आन्तरिक एकता कायम भएको छ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी सदस्यकै हैसियतमा सर्वोच्च अदालतबाट एमाले पुनःस्थापनापछि माधव नेपाल पक्षका नेताहरु पहिलो पटक पार्टी बैठकमा सहभागी हुँदैछन ।
२०७५ जेठ २ अघि जो जुन पदमा थिए सोही पदीय हैसियतमा बैठकमा सहभागी हुँदै गर्दा नेकपाकालीन ८ जना स्थायी कमिटी सदस्य एमालेको सोही पदीय हैसियतमा थपिने हुनुभएको छ । यसअघि माधव पक्षबिनाको एमालेमा ती नेता स्थायी कमिटी सदस्यकै हैसियतमा क्रियाशील हुनुहुन्छ ।
नेकपाकालीन स्थायी कमिटीमा एमालेबाट थपिएका चार सदस्य रघुजी पन्त,बिष्णु रिमाल, रघुवीर महासेठ र बेदुराम भुसाल स्वतः स्थायी कमिटीमा रहनुहुने छ । त्यस्तै पुस ५ पछि नेकपामा ओलीलाई साथ दिएका र एकता बदरपछि अध्यक्ष केपी शर्मा ओलीको साथमा उभिनुभएका नेताहरु रामवहादुर थापा बादल,टोपवहादुर रायमाझी,लेखराज भट्ट र मणि थापा पनि एमालेको स्थायी कमिटी सदस्यका हैसियतमा सहभागी हुनुहुनेछ । एमाले आजको बैठकबाटै एकताको मस्यौदा अनुमोदन गर्नेछ ।२०७५ जेठ २ अघि २२ सदस्यीय रहेको एमाले स्थायी कमिटी अब ३० सदस्यीय हुने भएको छ ।
यी हुन स्थायी कमिटी सदस्य
१. अध्यक्ष केपी शर्मा ओली
२. बरिष्ठ नेता : झलनाथ खनाल
३. नेता : माधवकुमार नेपाल
४. उपाध्यक्ष : बामदेव गौतम
५. उपाध्यक्ष : भीम रावल
६. उपाध्यक्ष : युवराज ज्ञवाली
७. उपाध्यक्ष : अष्टलक्ष्मी शाक्य
८. महासचिव : इश्वर पोखरेल
९. उपमहासचिव : बिष्णु पौडेल
१० उपमहासचिव : घनश्याम भुसाल
११.सचिव : प्रदीप ज्ञवाली
१२. पृथ्वी सुब्बा गुरुङ
१३. भीम आचार्य
१४. गोकर्ण बिष्ट
१५. योगेश भट्टराई
१६. सदस्य : शंकर पोखरेल
१७. सदस्य : सुरेन्द्र पाण्डे
१८. सदस्य : सुवास नेम्वाङ
१९. सदस्य : किरण गुरुङ
२०. सदस्य : छविलाल बिश्वकर्मा
२१ सदस्य : मुकुन्द न्यौपाने
२२. सदस्य : सत्यनारायण मण्डल
नेकपाबाट निरन्तरता
२३. सदस्य : रामबहादुर थापा, बादल
२४. सदस्य : बिष्णु रिमाल
२५. सदस्य : रघुजी पन्त
२६. सदस्य : टोपबहादुर रायमाझी
२७. सदस्य : मणि थापा
२८. सदस्य : लेखराज भट्ट
२९. सदस्य : रघुबीर महासेड
३०. सदस्य : बेदुराम भुसाल
पदेन
अमृतकुमार बोहोरा, अध्यक्ष, अनुशासन आयोग
केशव बडाल, अध्यक्ष, सल्लाहकार परिषद
डा. पुष्प कँडेल, अध्यक्ष, लेखा आयोग
प्रतिक्रिया दिनुहोस्