जनता टाइम्स

२८ असार २०७८, सोमबार १४:०४

सर्वाेच्चको फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनायो : पूर्वमहान्यायाधिवक्ता खरेल


काठमाडौं, असार २८ । पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सर्वोच्च अदालतको पछिल्लो फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको टिप्पणी गर्नुभएको छ । संवैधानिक इजलासको फैसलाप्रति टिप्पणी नेकपा एमालेका पोलिटव्यूरो सदस्यसमेत रहनुभएका पूर्वमहान्यायाधिबक्ता खरेलले अदालतले आपत्तिजनक फैसला गरेको बताउनु भयो ।

‘यो फैसलाले संविधानले आत्मसात गरेको प्रणाली, शक्तिको विभाजन र सन्तुलनको सिद्धान्तलाई अर्थात शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको छ,’ खरेलले भन्नुभयो । उहाँले संविधान एवं संवैधानिक नैतिकताको जामा पहिरिएर संसदीय शासन प्रणालीलाई ध्वस्त पार्ने ढंगले फैसला आएको भन्दै यसले देश र जनताले खोजेको राजनीतिक निकासलाई अवरुद्ध पारेको निश्कर्ष पनि सुनाउनु भयो ।

खरेलका अनुसार फैसलाले वैयक्तिक कुण्ठालाई संस्थागत रूपमा निकास दिएको छ । उनीहरूका निजी कुण्ठालाई अदालती व्याख्याका रूपमा संस्थागत गरेको छ । अदालतले आज संबिधानले परिकल्पना नै नगरेको फैसला गरेको पनि खरेलको भनाई छ ।