काठमाडौं, असार २८ । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सर्वोच्च अदालतको फैसलाप्रति निकै कठोर टिप्पणी गर्नुभएको छ । पोखरेलले अदालतको आजको फैसलाले देशलाई अस्थिरताको दुश्चक्रमा फसाएको ठोकुवा गर्नुभएको हो ।
सर्वोच्चले संसद पुनःस्र्थापनाको फैसला गरेपछि फेसबुकमा लेख्दै नेता पोखरलले संसदीय व्यवस्था र दलीय प्रणालीमा यसले गम्भीर आघात गर्ने उल्लेख गर्नुभएको छ । नेता पोखरलले यसले सुदुर भविष्यसम्म नेपाल र नेपालीले अस्थिरताको दुष्चक्रमा फस्नु पर्ने उल्लेख गर्नुभएको छ । ‘संसदीय ब्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात । सुदुर भविश्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र बेहोर्नु पर्ने भो,’ अदालतको फैसलाप्रति पोखरेलले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्