काठमाडौं, असार २८ । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल कार्यदलको सहमति अस्वीकार गर्दै बिपक्षी गठबन्धनको बैठकमा सहभागी हुनुभएको छ । सर्वोच्च अदालतको फैसला आएलगत्तै विपक्षी गठबन्धको बैठक शुरू भएको छ । वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा जारी बैठकमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र–बाबुराम समूह सहभागी छ ।
बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएकै बेला माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सामेल हुनुभएको हो । नेपालसँग स्थायी समिति सदस्य रघुजी पन्त सहभागी हुनुभएको छ । नेपाल समूहका अन्य चर्चित नेताहरू भने बिपक्षी गठबन्धनको बैठकमा सहभागी हुनुभएन । उपाध्यक्ष भीम रावल स्थायी कमिटी बैठकमा सहभागी हुन बालुवाटार जानुभएको छ ।
बैठकमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्न आदेश पाउनु भएका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत नेताहरू सहभागी हुनुहुन्छ । बैठकमामाधवसँगै सहभागी हुनुभएका एमाले नेता पन्त कार्यदल सदस्यसमेत हुनुहुन्छ । उहाँले सहमतिमा हस्ताक्षर नगरे पनि ९ जना नेताले हस्ताक्षर गर्नुभएको छ ।
















प्रतिक्रिया दिनुहोस्