जनता टाइम्स

२९ असार २०७८, मंगलवार १०:०५

परमादेशको रहष्य खुल्दै जानेछ, नाटक अझै सकिएको छैन : शंकर पोखरेल


काठमाडौं, असार २९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनादेशवाट अस्विकृत नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने सर्वाेच्च अदालतको खेलको रहष्य क्रमशः खुल्दै जाने ठोकुवा गर्नुभएको छ ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले आज सामाजिक सञ्जालमार्फत यस्तो खुलासा गर्नुभएको हो । ‘जनादेशवाट अस्विकृत नेकांलाई परमादेसवाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमशः पटाक्षेप हुनेछ । किनकी नाटक अझै सकिएको छैन,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ ।