जनता टाइम्स

२९ असार २०७८, मंगलवार १०:१५

एमाले स्थायी कमिटी बैठक १ बजे, के गर्लान माधव नेपाल ?


काठमाडौं, असार २९ । नेकपा एमालेले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । बिवाद समाधानसहित कार्यदलले दिएको प्रतिवेदनबारेछलफल तथा अनुमोदनकालागि आजको बैठक बोलाइएको हो ।

आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्यूत गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मुख्य नायक माधवकुमार नेपालसहित उहाँ पक्षधर एमाले नेताहरु समेत सहभागी हुने बताइएको छ । यद्यपी नेपाल सहभागी हुने कि नहुने भन्ने निर्णय भने झुटको निम्तो खाइपत्याउनु भने जस्तै बैठक कक्षमा पुगेपछि मात्रै तय हुने एमालेका एक नेताले जनताटाइम्सलाई बताए ।

‘मित्रता देउवा-प्रचण्डतिरै रहेको र नयाँ सरकार बनाउने अभियानमा सहभागी हुनुभएको छ, एमालेको घर जलाएर खरानी टिप्ण त आउनु हुन्छ होला,’ ती नेताले जनताटाइम्स डटकमसँग भने । नेपाल पक्ष अनुपस्थित रहेपछि सोमबार साँझ बसेको बैठकलाई औपचारिकता प्रदान गरिएको थिएन ।

एमालेका अनुसार स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा र मिति तय गर्ने छ । सोमबारको बैठकमा नेपाल पक्षका नेता भीम रावलमात्र सहभागी हुनुभएको थियो । रावलले पनि अध्यक्ष ओलीलाई प्रतिवेदन बुझाएर बाहिरिनु भएपछि आजका लागि बैठक बोलाइएको हो ।