काठमाडौं, असार २९ । कांग्रेस सभापति शेरवहादुर देउवाको नेतृत्वमा आज बन्ने सानो आकारको क्याबिनेटमा मन्त्री पठाउनका लागि माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षासमेत भइरहेको छ ।
स्रोतका अनुसार आज माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने सम्भावना रहेको छ । माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाललगायतका नेताले तीब्र लबिङ गरिरहनु भएको छ । पौडेल अहिलेसम्म मन्त्री बन्न नपाएका माओवादीका सिनियर नेता हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्