काठमाडौं, असार ३० । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति भवन शितलनिवासमै अमर्यादित हर्कत गर्नुभएको छ । प्रधानमन्त्रीको शपथ ग्रहणको क्रममा देउवा र नेपालले यस्तो हर्कत गर्नुभएको हो ।
सर्वाेच्च अदालतमा सेटिङ गरी संबिधान नै पुनर्लेखनमार्फत संबिधानमा परमादेशको धारा थप गरेर प्रधानमन्त्री नियुक्त हुनुभएका देउवा र पूर्वप्रधानमन्त्री नेपालले अदालतको आदेशअनुसार नियुक्त गरिएको भन्न पाइदैन भन्दै शपथ अगाडि ठूलै बितण्डा मच्चाउनु भयो । राष्ट्रपति कार्यालयले संबिधानको एउटै धारालाई राष्ट्रपतिबाट पटक पटक प्रयोग गर्न नपाइने र अदालतको आदेशअनुसार नै नियुक्त गर्नुपरेको बताएपछि नियुक्तिको भाष सच्याइयो भन्दै सफेद झुट बोले ।
कानूनी राजमा बिश्वास गर्नेहरुले राष्ट्रपतिले एक पटक निर्णय गरिसकेको बिषय भएको र अदालतको आदेश फरक आएकोले संबिधानको धारा ७५ को उपधारा ५ अनुसार नभई अदालतको परमादेशबाट नियुक्त गरिएको प्रष्ट पारेपछि शपथ लिनुभयो । सपथलगत्तै देखिएको दृष्यले त सवैलाई लज्जित बनायो । मुलुक कारोना महामारीमा रहेको बेला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले हात मलाएर बधाइ साटासाट गरे ।
दुई नेताको यो हर्कतले अव हात मिलाउँदा कोरोना लाग्दैन, सर्वाेच्चबाटै कोरोनाबिरुद्ध परमादेश जारी गरिन्छ भने जसरी आम नागरिकलाई सन्देश प्रवाह गरियो । मुलुकको प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यसरी खुलेयाम कानुन उलंघन गर्दै आफूहरुलाई जे गर्दा पनि हुने सन्देश दिइयो । शपथकै बेला पनि पूर्वप्रधानमन्त्रीको रोहमा बसेर माधवले राष्ट्रपति बिद्यादेवी भण्डारीबिरुद्ध गर्नुभएको अति निकृष्ट टिप्पणी सुनेर पछाडि बस्नेहरु नै लज्जित हुनुपर्यो ।
‘पूर्वप्रधानमन्त्री (माधव) यति निकृष्ट हुनुहोला भन्ने लागेको थिएन, उहाँ त हदैसम्मको तल गिर्न सक्ने मान्छे पो हुनुहुँदो रहेछ,’ नेपालको संवाद सुनेका एक अधिकारीले जनताटाइम्ससँग भने ।

ती अधिकारीका अनुसार माधवको यो हर्कतले …लाई भन्दा देख्नेलाई लाज भन्ने उखान चरितार्थ भएको थियो । सवै लज्जित थिए तर माधव दुनियालाई नै लज्जित बनाउने हर्कत गरिरहनु भयो । देउवाले हात मलाउन नचाँहदा पनि परमादेशबाट कोरोनाबिरुद्ध आदेश जारी गराइन्छ भन्ने शैलीमा दौडिएर सवैभन्दा पहिला पुगेर हात मिलाउनु भयो । त्यसपछि भनेदेउवाले सवैलाई नमस्कार गरेर बधाई लिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्