काठमाडौं, असार ३० । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्नु भएको छ । सर्वाेच्च अदालतको परमादशेबाट शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओलीले आज बालुवाटार छाडनु भएको हो ।
उहा बालुवाटारबाट निस्कँदा गेटदेखि नै कार्यकर्ताले भव्य स्वागत गरेका छन । उहाँ बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा–जुलुस गर्दै कार्यकर्ताले भनेका छन्, ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई ।’ बालुवाटारबाट बिदा हुँदा कार्यकर्ताले यसरी स्वागतसहित निवासमा पुर्याएको घटनाले ओली पार्टी र देशमा थप लोकप्रिय बन्नुभएको प्रष्ट तस्वीर देखाएको छ ।


एमाले अध्यक्षसमेत रहनुभएका निवर्तमान प्रधानमन्त्री ओलीलाई बालुवाटारदेखि झरीको कुनै ख्याल नगरी कार्यकर्ताले बालकोटस्थित निवाससम्म पुर्याए । काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले ओलीलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोटसम्म लगेका हुन ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको लस्कर लागेको थियो । बालकोट छाडदासम्म कार्यकर्ताले ओलीको पक्षमा नारावाजी गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्