काठमाडौं, असार ३० । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालका लागि एमालेमा रहने सवै ढोका बन्द भएको घोषणा गर्नुभएको छ । सर्वाेच्चको परमादेशबाट सरकारबाट बाहिरिनु परेपछि आज बालुवाटारबाट बालकोट पुगेर आफ्ना स्वागतमा आएका कार्यकर्तामाझ ओलीले यस्तो घोषण गर्नुभएको हो ।
‘हाम्रो साथीहरु बिकाउ माल बने, बिरोधीलाई अदालतबाट सत्ता बुझाए, ती बिकाउ मालहरुको भविश्यले निर्धारुण गर्ला,’ ओलीले भन्नुभयो, ‘अरु साथीहरुको हकमा पार्टीमा काम सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन ।’
अध्यक्ष ओलीले यसो भनिरहँदा कार्यकर्ताले माधवलाई एमालेमा ल्याउन ‘हुन्न–हुन्न–हुन्न’ भन्दै नारा घन्काएका थिए ।
प्रतिक्रिया दिनुहोस्