जनता टाइम्स

३१ असार २०७८, बिहीबार १७:३२

संस्थागत निर्णय भन्दा बाहिर नजाने कार्यदलको अडान : ओलीलाई सुझाव, माधवलाई चेतावनी


काठमाडौं, असार ३१ । नेकपा एमालेको बिवाद समाधानका लागि गठित कार्यदलले पार्टीको संस्थागत निर्णय भन्दा बाहिर नजाने अडान सार्वजनिक लिएको छ । कार्यदलमा रहनुभएका दुवैतर्फका नेताहरुले पार्टी एकजुट भएर नै सर्वाेच्च अदालतको फैसलाको सामना गर्न सकने भन्दै यस्तो निश्कर्ष निकालेको हो ।

एमाले बरिष्ठ नेता माधवकुमार नेपालको कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि एमालेभित्र कार्यदलको औचित्य सकिएको भन्दै बहश अघि बढिरहेको दुवै तर्फका कार्यदल सदस्यहरु एकजुट बनेका हुन । कार्यदलमा रहेका नेताहरुका अनुसार आज दुवै तर्फका कार्यदल सदस्यहरुको बैठक बसेको र एउटै निश्कर्ष निकालिएको छ । एमालेमा बिवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङको संयोजकत्वमा बिष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र बिष्णु रिमाल सदस्य हुनुहुन्छ भने नेपाल समुहको तर्फबाट उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सदस्य हुनुहुन्छ ।

आज दुवै पक्षको बैठक बसेर पार्टी बिवाद मिलाउनका लागि संस्थागत निर्णयका आधारमा अघि बढनुपर्ने निचोड निकालेको हो । कार्यदलले थप बातावरण निर्माणका लागि शुक्रवार बैठक बस्ने जनाउँदै शुक्रवारका लाष् ितय गरिएको संसदीय दलको बैठक सार्न पार्टी नेतृत्वलाई सुझाव दिएका छ । बरिष्ठ नेता नेपालसहितका केही अराजक नेताहरु दलको बैठकमा नजाने, देउवातिरै लागेर जीवनकै अन्तिम पटक मन्त्री पद पडकाएर राजनीतिबाट सन्यास लिने योजनामा रहेपनि कार्यदल सदस्यहरुले अव दल भन्दा बाहिर गएर काम गर्न संभव नहुने निश्कर्ष सुनाउनु भएको छ ।

संसदीय दलका नेता ओलीले दलको बैठक बोलाएलगत्तै नेता नेपालले आफूहरु नजाने बताउनु भएपनि कार्यदलका सदस्यहरुले ‘संस्थागत निर्णय जे हुन्छ, त्यही मानेर जानुको बिकल्प छैन’ भन्दै माधवलाई बुढानिलकण्ठ मोह त्याग्न चेतावनी दिनुभएको एक नेताले जनताटाइम्सलाई बताए । ‘यो समुह तपाईंको सवै कुण्ठा पूरा गरिदिने माध्यम होइन, हामी सवै पार्टी, देश र जनताका लागि संघर्ष गरिरहेका छौं, अव पनि बुढानिलकण्ठ मोहमा फसेर बैठकमा जाँदै जान्न, जानै हुन्न भन्नुहुन्छ भने तपाईको साथमा कोही हुन्न,’ माधवलाई दिइएको चेतावनी उधृत गर्दै कार्यदलका एक सदस्यले जनताटाइम्ससँग भने ।

ती नेताका अनुसार कार्यदलमा रहेका सवै सदस्यले अव बस्ने दलको बैठकमा एमालेका सवै सांसद जानुपर्ने भन्दै केही दिन बैठक सार्न अध्यक्ष ओलीलाई सुझाव दिने निश्कर्ष निकालिएको छ । ‘दलको बैठक केही दिन सारेर सवैलाई सहभागी गराउन कार्यदलले प्रयन्त गरिरहेको छ,’ ती नेताले भने । अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेपालले निर्वाह गरेको नेतृत्वदायी भूमिकाका कारण शुक्रवार नै बैठक बस्दा थप तिक्तता हुने र कहिल्यै मिल्न नसकिने अवस्थामा जाने हो कि भन्ने आशंकासहित दलको बैठक केही दिन सार्दा उपयुक्त हुने निश्कर्ष कार्यदलले निकालेको हो ।