काठमाडौं, साउन १ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालको धम्कीलाई अस्वीकार गर्दै उपाध्यक्ष भीम रावलसहित दोस्रो पुस्ताका प्रभावशाली नेताहरु स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा केहीबेर अघि नेताहरु पुग्नुभएको हो ।
नेकपा एमालेको स्थायी कमिटी बैठक तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा शुरू भएको छ । प्रधानमन्त्रीबाट केपी शर्मा ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर एमाले बैठक बसेको हो । बैठकमा प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे आजको बैठकमा छलफल भईरहेको छ । बैठकमा एमाले उपाध्यक्ष डा. भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्टसहितको नेताहरु सहभागी हुनुभएको हो ।
बैठक सूरु भएको र आफूसहित कार्यदलका सदस्यहरु उपस्थ्ति भएको नेता सुरेन्द्र पाण्डेले जनताटाइम्सलाई जानकारी दिनुभयो । सर्वोच्चको फैसलाले केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक एमालेका बैठकहरू बसेको हो । यसअघि १० बुँदे सहमति अनुमोदनका लागि असार २८ गते बैठक बोलाइएको थियो। तर नेताहरुबीचको सल्लाहमा स्थगित गरिएको थियो ।

















प्रतिक्रिया दिनुहोस्