जनता टाइम्स

२ श्रावण २०७८, शनिबार १४:५२

देउवा बचाउन माधव नेपाल सांसद खरिदमा लागेको खुलासा, यी सांसदले गरिन भण्डाफोर


काठमाडौं, साउन २ । संबिधानमा थप भएको परमादेश धारा अन्तर्गत प्रधानमन्त्री नियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कम्पर्टेवल सरकार बचाउन एमाले बरिष्ठ नेता माधवकुमार नेपाल नै सांसद खरिद बिक्रिमा लागेको खुलासा भएको छ । नेता नेपालले एमालेका झण्डै २० जना सांसदलाई मन्त्री र कुस्त पैसाको अफर गर्दै आफ्नो पक्षमा आएरदेउवालाई मत दिन प्रस्ताव गरेको खुलासा एक सांसदले गर्नुभएको हो ।

सांसदहरुलाई अदालतले कार्वाही गर्न रोकेको छ, यही हो मौका भन्दै नेपालले मन्त्री र पैसाको अफरसहित देउवा सरकार बचाउन बिश्वासको मत दिन प्रस्ताव गरेको खुलासा सांसद गंगा चौधरीले गर्नुभएको छ । देउवालाई विश्वास मत दिलाउने नाममा माधव समूहका नेताले विभिन्न प्रलोभन देखाएर मतका लागि बार्गेनिङ सुरू गर्नुभएको हो ।

सांसद गांगा चौधरीले समाजिक सञ्जाल मार्फत आफूलाइ प्रलोभनमा पार्ने कोशिश भैरहेको तर आफू खसी बोका नरहेकोले त्यस्तो हर्कत नगर्न चेतावनी दिनुभएको छ । आफूलाई प्रलोभन नदेखाउन र एमालेको नीति विपरित केही नगर्ने भन्दै सार्वजनिक अपिल समेत चौधरीले गर्नुभएको छ । उहाँले आफूलाई प्रलोभनमा पार्न भैरहेको प्रयासका बारेमा जानकारी दिँदै ६ बुँदामा खुलासा गर्नुभएको छ ।

यस्तो छ चौधरीको धारणा

मैले नबुझेको कुरा :

⁃ पार्टी जेष्ठ २ मा फर्काउने माग पनि पूरा भएको छ ।

⁃ कार्यदलले पार्टी एकताको सहमति गरी सकेको छ ।

⁃ कार्यदलकै सुझाव अनुसार विधिवत् रुपमा बोलाइएको पार्टी बैठकमा उपस्थित भएर आफ्ना कुरा नराखेर बहिष्कार गर्नु , अनेक अत्तो थापी रहनु , अर्घेल्याईं गरी रहनु , बिपक्षी संग मिलेर आफ्नै पार्टीको सरकार ढाल्न मरीहत्ते गरेर लाग्नु, ढाली सकेर पनि अझै चित्त नबुझेर विपक्षीसंग अनैतिक सॉठगॉठ गरी रहनु । यो सब के हो मैले बुझ्न सकेको छैन ।

⁃ अहिले केही मित्रहरुले पार्टी हितको विपक्षमा लाग्न मलाई फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास गरी रहनु भएको छ । कृपया दुख नगर्नु होला मित्रहरु ।

⁃ म गंगा थारु कुनै पनि हालतमा जनताको प्यारो पार्टी नेकपा एमालेको अहित हुने कुनै पनि गतिविधिमा लाग्ने छैन । यो स्पष्ट हो र यो मेरो प्रण पनि हो ।

⁃ पार्टीले जे जस्तो निर्णय गर्छ पार्टीको एउटा इमान्दार कार्यकर्ताको हैसियतले त्यसको अक्षरशः पालन गर्नु मेरो कर्तव्य हो ।