जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १३:०५

माधव नेपालले गरे आफ्नै समुहमाथि गम्भीर घात, कार्यदलको १० बुँदे सहमति ठाडै अस्वीकार


काठमाडौं, साउन ३ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष भीम रावल र सुवासचन्द्र नेम्वाङ नेतृत्वको कार्यदलले बनाएको सहमति अस्वीकार गर्नुभएको छ । नेपालले आफैं सम्मिलित भएर गठित आफ्नै समुहका प्रभावशाली नेताहरु सदस्य रहनुभएका कार्यदलको प्रतिवेदनमा असहमति जनाउनु भएको हो ।

बरिष्ठ नेता नेपालसँग आज भएको कार्यदलको छलफलमा उहाँले असहमति जनाउनु भएको कार्यदल सदस्य शंकर पोखरेलले जानकारी दिनुभयो । शनिवार अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका कार्यदल सदस्यहरुले आज बरिष्ठ नेता नेपालसँग छलफल गर्नुभएको थियो । तर नेता नेपालले कार्यदलको सहमतिलाई ठाडै अस्वीकार गर्नुभएको छ । नेपाल आफूलाइ हाताहाती अध्यक्ष चाहिने र महाधिवेनबाट निर्वाचित एकल अध्यक्षबाहेक अरु कुरामा एमालेभित्र नफर्कने अडानमा हुनुहुन्छ । यही योजनाअनुसार नेपालले आफ्ना समुहका भविश्य भएका नेताहरुको भावनासमेत बेवास्ता गर्दै कार्यदलको सहमति नमान्ने बताउनु भएको हो ।

नेपाललाई भेटेर फर्किए लगत्तै कार्यदल सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले कार्यदलको प्रतिवेदनमा नेपालले अहसमति जनाउनु भएको तथ्य सार्वजनिक गर्नुभएको हो । ‘माधव नपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो,’ एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले फेसबुकमा लेख्नुभएको छ ।

कार्यदलले असार २७ गते राती सहमति जुटाएको केही समयमै माधवले अहमति जनाउनु भएको थियो । नेपालले पार्टीमा आफ्नो पनि हस्ताक्षर भएको निर्णयमात्र आधिकारिक हुने गरी दोस्रो अध्यक्ष र शेरबहादुर देउवालाई एमालेले नेता मानेर जानुपर्नेसहितका आपत्तिननक सर्त राख्नुभएको छ ।