काठमाडौं, साउन ३
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि सांसद गगन थापा हेलिकोप्टरमार्फत आउन लाग्नुभएको छ । कांग्रेस नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरा जानुभएको थापा काठमाडौं आउने क्रममा बाटोमा पहिरो गएका कारण दमौलीमा नै रोकिनुभएको थियो ।
थापाका स्वकिय सचिव सबिनबाबु मुडभरीका अनुसार थापा हेलि एभरेष्टमार्फत् काठमाडौं आएका छन् भने सँगै पूर्वमन्त्री यज्ञ थापा पनि छन्। आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतका लागि प्रस्ताव राख्नुहुनेछ ।












प्रतिक्रिया दिनुहोस्