जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १६:४७

सभामुखलाई राजीनामा बुझाएर संसदबाट बाहिरिए भीम रावल, देउवालाई भोट दिने काम इतिहासकै कलंक भएको ठहर


काठमाडौं, साउन ३ । एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको छ । पुनःस्थापित प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुख अग्नि सापकोटालाई भेटेर उपाध्यक्ष रावलले राजीनामा पत्र बुझाउनु भएको हो ।

उहाँले केहीबरे अघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । संसद भवन नयाँ बानेश्वरमा पुगेर रावलले सभामुख सापकोटासमक्ष राजीनामा पत्र बुझाउनु भएको छ । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गर्नुभए पनि रावलले माधव नेपालबिरुद्ध बिद्रोहको घोषणासहित राजीनामा बुझाउनु भएको हो ।