जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १७:३३

कमल थापाले गरे भीम रावलको उच्च प्रसंशा


काठमाडौं, साउन ३ । राप्रपा अध्यक्ष तथा पर्वगृहमन्त्री कमल थापाले एमाले उपाध्यक्ष भीम रावलको उच्च प्रसंशा गर्नुभएको छ । एमाले उपाध्यक्ष रावलले प्रतिनिधिसभा सदस्यबाट दिनुभएको राजीनामालगत्तै थापाले ट्वीट गर्दै उच्च राजनीतिक नैतिकता प्रदर्शन गर्नुभएको भन्दै प्रसंशा गर्नुभएको हो ।

‘विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर @BhimRawal179 ले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ । विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा.रावलको अडान प्रशंसनीय रहेको छ । राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना,’ थापाले भन्नुभएको छ।