काठमाडौं, ३ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले देउवाको पक्षमा मतदान गरेका छन् ।देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् ।
मत दिनेमा दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् । त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।
एमालेले २२ जना सांसदहरुलाई नै गद्धार घोषणा गरेको छ । एमालेको इतिहासमा सवैभन्दा कलंकको टिका लाएका दिन आज पार्टी भित्रै बसेर पार्टीलाई गद्धार गर्नेहरु विरुद्ध अव एमाले पार्टीमा आस्था राख्नेहरुले किनारा लगाउन बेला आएको एक नेताले बताउनुभयो । उहाँले भन्नुभयो पार्टीको निर्णय विरुद्ध लाग्नेहरु आफ्नो आमाको बलात्कार हुँदै गर्दा तालि बजार रमाउने कुपुत्र जस्तै हुन हुन । यस्ता गद्धारलाई आम जनताले चिन्न आवश्यक भएको समेत बताउनुभयो । एमालेका एक नेता भन्नु हुन्छ आमालाई पोइल पठाए जारी बुझनेहरुलाई अव चिन्न आवश्यक छ ।













प्रतिक्रिया दिनुहोस्