काठमाडौं, साउन ४ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरुले पनि विपरित कित्तामा लागेका छन् । जनता समाजवादी पार्टी (जसापा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादव र रेनुका गुरुङ उपेन्द्र यादवको पक्षमा लाग्नु भएको हो ।
जसपाको पार्टी एकता पक्षमा रहनु भएका राजकिशोर यादवले संसद् बचाउनका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने भन्दै उपेन्द्र यादवको पक्षमा लागेको जसपाका सांसद प्रदीप यादवले बताउनुभयो ।पार्टीमा विवाद देखिएका कारण केही दिनदेखि उहाँ कुनै पक्षमा नलागी चुपचाप बस्नु भएको थियो ।अहिले उहाँले उपेन्द्र यादवको पक्षमा लागेर प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने हुनु भएको हो ।उपेन्द्र यादवलाई छाडेर महन्थ ठाकुरको पक्षमा गई ओली सरकारको राज्यमन्त्री बन्नु भएकी रेणुका गुरुङ पनि उपेन्द्र यादवको पक्षमा फर्किनु भएको हो ।
अर्कोतिर उपेन्द्र यादव पक्ष छाडेर महन्थ ठाकुरकै पक्षमा लागेका अर्का सांसद रुही नाज पनि पुनः उपेन्द्र यादवको पक्षमा लाग्नु भएको छ । एका एक निवर्तमान प्रधानमन्त्री ओलीका पालमा मन्त्री र राज्य मन्त्री बनेकाहरुले समेत देउवाको पक्षमा मतदान गर्नुलाई राजनीतिक विश्लेषकहरुले पैशाको ठुलो चलखेल भएको बताउनुहुन्छ । उहाँ भन्नु नैतिकता नभएपछि कस्को के नै लाग्छ र अव उनिहरुबाट नयाँ पुस्ताले कस्तो पाठ सिक्लान । नैतिकता वेचेर राजनीति गर्नेहरुलाई अव जनताले ठेगान लगाउनुपर्छ अनिमात्र स्वच्छ राजनीति हुन्छ । दशैका खसिबोका जस्तै विक्रिहुने सांसदहरुलाई अव जनताको अदालतबाट दण्डीत गर्नुपर्ने राजनीतिक विश्लेषक बताउनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्