जनता टाइम्स

४ श्रावण २०७८, सोमबार १०:५३

किरण गुरुङले गरे माधव नेपालप्रति सवैभन्दा कठोर टिप्पणी


काठमाडौं, साउन ४ । एमाले नेता किरण गुरुङले माधव नेपाल र झलनाथ खनाल समहप्रति निकै कडा र तिखो टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिएलगत्तै माधव समुहप्रति गुरुङले यस्तो टिप्पणी गर्नुभएको हो । गुरुङले माधव समुहको कामप्रति टिप्पणी गर्दे भन्नुभएको छ, ‘कुकुरलाई घीउ पचेन ।’

पहिलो स्ट्याटशको ६ घण्टापछि पुनः आफ्नो धारणा राख्दै एकतावद्ध एमाले नै आफूहरुको लक्ष हुने बताउनु भएको छ । ‘जस्तोसुकै अप्ठ्याराहरू आए परे पनि निराश नभै धैर्यतापूर्वक अविचलित रूपमा अगाडि बढौं । नेकपा (एमाले)-जिन्दावाद !जनताको बहुदलीय जनवाद-जिन्दावाद !!,’ गुरुङले भन्नुभएको छ ।