काठमाडौं, साउन ४ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा समाहित हुनुभएका ‘एमाले बरिष्ठ नेता’ माधवकुमार नेपालले संबिधान संशोधन गरेर मन्त्रीको संख्या बढाउनु सहमति भइसकेको खुलासा गर्नुभएको छ । प्रधानमन्त्री देउवालाई बिश्वासको मत दिएसँगै मन्त्री माग्न निवासमा आइपुगेका सांसदहरुसँग नेपालले यस्तो खुलासा गर्नुभएको हो ।
‘संविधान नै संशोधन गर्नुपर्छ भनेको छु, यसमा शेरबहादुर र प्रचण्ड सहमत भइसक्नु भएको छ, तपाईंहरुले केही चिन्ता मान्नु पर्दैन,’ आफ्नो निवासमा पुगेका सांसदहरुसलाई माधवले गरेको खुलासा उधृत गर्दै एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार माधवले आफ्नो समुह नै देउवा सरकार गठनका लागि निर्णायक र जोखिमपुर्ण कदम चालेकोले ८ मन्त्री चाहिने अडान प्रधानमन्त्रीसँग राखिएको छ । मन्त्री दिने भन्दै आफ्नो समुहमा तान्नुभएका किशान श्रेष्ठ र प्रेम आलेलाई पठाएर आफूहरुलाई नदिने नीति लिएको भन्दै नेपालको निवासमा आज बिहान भित्रियाहरुको छलफल भएको थियो ।
सो छलफलमा नेपालले संबिधान संशोधन गरेर मन्त्री बढाइने र सवैलाई पालैपालो भाग पुर्याउँदै कमाउको अवसर दिने बताउनु भएको हो । संबिधानअनुसार मन्त्रिमण्डलमा २५ जना मात्रै हो तर गठबन्धनभित्र मन्त्री बन्नेको दावा थेग्न नसकेपछि बढाउने गृहकार्यमा लागिएको स्रोतले बतायो । बिश्वासको मत लिँदा देउवाले १६५ मत ल्याएको र संबिधान संशोधनमा मत नदिने आफू निकट सांसदहरु पनि सहमत हुने भएकोले एमालेले सहयोग नगर्दा पनि दुई तिहाई जुटाउन सकिने बिश्वास पनि नेपालले राख्नुभएको सहभागी अर्का सांसदले जनताटाइम्सलाई बताए । संविधानको धारा ७६ को उपधारा ९ मा मन्त्रिमण्डलमा २५ जनाभन्दा धेरै नहुने व्यवस्था छ । यही व्यवस्था संशोधनका लागि संविधान संशोधन गर्न लागिएको माधवले आफ्ना सांसदमाझm खुलासा गर्नुभएको हो ।
कांग्रैसभित्र पनि मन्त्रीका आकांक्षी धेरै भएको, माओवादी, जसपा र माधव समुहमा पनि सवैले मन्त्री नभएको दिन गुट त्याग्ने बताएपछि संशोधन गरी मुलुकमाथि भार पार्न खोजिएको हो । सबैलाई मन्त्री चाहिने तर मन्त्री पद चाहिँ २५ भन्दा बढाउन नसकिने भएपछि माधव, प्रचण्ड, उपेन्द्र, शेरबहादुर लगायतका नेताहरु संविधान संशोधन गरेर २५ जनाको सीमा हटाउने पक्षमा देखिएको स्रोतको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्