जनता टाइम्स

४ श्रावण २०७८, सोमबार २१:०२

देउवाले बिश्वासको मत पाएसँगै भारतमा खुसियाली : मिडियाले भन्यो–भारत समर्थक नेपाली प्रधानमन्त्री


काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत पाएपछि छिमेकी मित्रराष्ट्र भारतमा खुसियाली छाएको पाइएको छ । आइतवार संसदबाट देउवाले बिश्वासको मत पाएपछि भारतीय मिडियाले आफ्नो देशको लागि कम्पर्टेवल सरकार बनेको भन्दै खुसियाली मनाएको हो ।

आज प्रकाशित भारतका हरेक जसो सञ्चारमाध्यमले देउवाले बिश्वासको मत पाएकोमा खुसियाली मनाउँदै ‘भारत समर्थक प्रधानमन्त्री भनेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई खेदो खन्ने अधिकांश मिडियाले देउवाको समर्थन गरेका छन । ‘देउवाले हासिल किया बिश्वास मत, मिले १६५ वोट’ शीर्षकमा अमर उजालाले लेखेको छ, ‘भारत समर्थक पिएमको ओली गुट के भी ८ सांसदों ने दिया वोट ।’ अमर उजालाको जस्तै आज प्रकाशित अन्य भारतीय अखवारको पनि यही निश्कर्ष रहेको छ ।

भारतीय मिडियाले मनाएको खुसियाली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई र सत्ता साझेदार माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको केही महिनाअघिको भनाईले नेपालमा कसरी सत्ता परिवर्तन भएको रहेछ भन्ने तस्वीर देखिएको छ । कालापानी लिपुलेक र लिम्पयाधुरासहितको भूभाग समेटेर नेपालको नक्सा जारी भएपछि ओलीबिरुद्ध खनिएका भारतीय मिडियाले भारत समर्थक प्रधानमन्त्री भन्दै हर्षबढाई गरेको छ ।

प्रचण्डले केही समय अघि टेलिभिजन अन्तर्वातामा ‘कांग्रेसको नेतृत्वमा हामी (माधव समुहसहित) र जसपाको गठबन्धन सरकार नै भारतको लागि कम्फर्टेवल हुन्छ’ भन्नुभएको थियो । भारतीय मिडियाले नै भारत समर्थक पिएम भन्दै प्रचण्डको कम्फर्टेवल सरकारको राज खोलिदिएको छ ।

यसअघि भारतले माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा यस्तो खुसियाली गरेको थियो । माधव नेपाल प्रधानमन्त्री भएपछि अमर उजालासहित १७ ओटा अखवारले लेखेको थियो, ‘नेपालमे भारत समर्थक पिएम बना ।’ सोही बिषयलाई लिएर तात्कालिन माओवादीका नेता र प्रचण्डले ‘भारतको कठपुतली सरकार’ भन्दै मालिक (भारत) सँगै बार्ता गर्ने सार्वजनिक घोषणा गर्नुभएको थियो ।