काठमाडौं, साउन ५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
आज दिउसो ३ बजे तुलसीलाल प्रतिष्ठानमा बैठकले बैठकले सोमबार स्पष्टिकरण सोधेका माधव नेपालसहित २२ सांसदमाथि कारबाही गर्ने बुझिएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेछ ।
एमालेले कार्वाहीकै लागि सोमवार २२ जना सांसदमाथि २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । बैठकमा कार्वाहीको अलावा अरु थप निर्णयसमेत लिनेछ ।













प्रतिक्रिया दिनुहोस्