काठमाडौं, साउन ५ । मेमरी किङ भनेर चर्चामा आएका विजय शाही फेरी चर्चामा आएका छन । तर यो पाली भने उनि नेपाली मिडियामा आएर नभएर विदेशीको युट्युब च्यानलमा आएर चर्चामा आएका हुन् । बिजय शाहीको मेमरी पा’वरको बिषयमा यस अघि पनि जिज्ञा’शा राखेका अमेरिकन मेमरी एथलेट नेल्सन डेलिसले बिजय शाहीलाई आफ्नो युट्युब च्यानल मार्फत ल्याएका छन । नेल्सन आफै अमेरिकाको चार पटक मेमरी च्याम्पियन भएका व्यक्ति हुन् ।
वास्त’वमा नेल्सन नेपाल घुम्न आएको थाहा पाएका विजय शाही आफैले आफ्नो निवासमा बोलाएर आफ्नो कथित मेमरी पावर प्रमाणित गर्ने बताउछन । संयोगवस निषेधाज्ञाको कारण अन्तरास्ट्रिय उडान बन्द हुनाले गर्दा थप एक साता नेल्सन नेपाल मै रोकिनु पर्ने भएको हुदा उनि बिजय शाहीको निम्तो स्वीकार्दै क्यामेरा बोकेर उनि भएको ठाउ पुग्छन । जहा उनि पुग्नु अगाडी नै बिजय बाहेक थप तिन जना व्यक्तिहरु पनि उपस्थित भैसकेका हुन्छन । जस मध्ये दुई जना बिजयलाई अंग्रेजी ट्रान्सलेट गर्ने काम गरिरहेका हुन्छन । त्यस्तै अर्की एक युवती सहयोगी जस्तै गरेर चिया र पानी दिदै गरेको देखिन्छ । तर नेल्सनको युट्युब च्यानलमा अपलोड भएको भिडियोलाई अध्ययन गर्ने केहि युट्युबरहरुले भने ती युवती नै विजयको चटकको मुख्य पात्र भनेका छन् । विजय शाहीको योजना अनुसार ति युवतीले नेल्सनले परिक्षा लिएको कोठाको ढोका बाहिर मोबाइलमार्फत बिजयले परिक्षा लिन दिएको किताव पढ्दा अडियो रेकर्ड गरेको दावी दर्शकको छ ।
विजय शाही ति पात्र हुन्, जो नेपाली माझ गलत सावित भइसकेका छन् । उनले भने जस्तो त्यस्तो कुनै मेमरी शक्ति उनमा छैन भन्ने विभिन्न परिक्षामा प्रमाणित नै भईसकेको छ । विजयले जसरी नेपाली मिडिया सामू अनौठो हर्कत देखाउथे उनले त्यस्तै हर्कत नेल्सनको परिक्षामा पनि देखाएका छन । विजयले पढ्ने बेला सम्म सबैले हेर्न मिल्ने र जब लेख्ने बेला हुन्छ तब कसैले हेर्न नहुने र क्यामेराले समेत रेकर्ड गर्न नहुने जस्ता कुराले उनको शक्तिको विश्वासनियता हराउछ । जुन कुरा नेल्सनको भिडियोमा पनि देख्न सकिन्छ ।
नेल्सनले विजय शाहीलाई किताव मात्र पढाएनन केहि जायज प्रश्नहरु पनि गरेका छन । ति प्रश्नहरुको जवाफ दिने क्रममा विजय शाहीले आफु गलत भएको आफैले पोल खोलेको प्रमाणित हुन्छ । नेल्सनसंगको भिडियोमा विजय शाहीले अर्को नया कुरा पनि थपेका छन, ‘डिभाइन पावर’ । भन्नाले दै’वी’य श’क्ति । जुन कुरा हाल सम्म उनले भनेका थिएनन । विजयलाई काली माताले शक्ति दिएको बताएका छन । त्यो सुनेर नेल्सनले खासै वि’स्वा’स नगरेपनि उनले यो कुरा दर्शकलाई नै जिम्मा दिएका छन ।
कुराकानीको क्रममा नेल्सनले विजयलाई अमेरिका झिकाउन चाहेको बताउदा विजय निक्कै हर्षित देखिन्थे । त्यस क्र’ममा विजयले नेपालीले आफुलाई विस्वास नगरेको र आफु अमेरिका नै जान चाहेको आशयमा टुटेफुटेको अंग्रेजीमा जवाफ दिन्छन । नेल्सनले आफ्नो युट्युब च्यानलमा सार्बजनिक गरेको उक्त भिडियोको कमेन्टमा लगभग सबैले विजय शाहीले नेपालको बेइज्जत गरेको बताएका छन । धेरैले नेल्सनसंग माफी माग्दै विजय शाहीको भ्रामक कुराको पछाडी नलाग्न अनुरोध समेत गरेका छन । विजय शाहीले नेल्सनको परिक्षामा गरेको चतुर्याईको बारे एक युट्युबरले यसरी स्पष्ट पारेका छन ।
भिडियो हेर्नुहोस
प्रतिक्रिया दिनुहोस्