जनता टाइम्स

५ श्रावण २०७८, मंगलवार १७:४१

नेपाली राजनीतिमा देखिएको बाँदरे प्रवृत्तिलाई व्यंग्य गर्दै बाँदरे जुलुस


काठमाडौं, साउन ५

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले एमालेको केही पक्षले देखाएको बाँदरे प्रर्वत्तिको व्यंग्य गर्दै बाँदरे जुलुस गरेको छ । आज राजधानीको नयाँ बानेश्वरमा आयोजित बाँदरे जुलुसमा बाँदरजस्तो मुकुण्डो लगाएर पछिल्लो समयमा नेपाली राजनीति र नेकपा एमालेको केही पक्षमा देखिएको बाँदरे प्रवृत्तिलाई व्यंग्यात्मक गरिएको थियो ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले फ्लोर क्रस गरी मत दिएको विरोधमा युवा संघले लगातार प्रदर्शन गर्दै आएको छ ।