काठमाडौं, साउन ५ । नेपाली कांग्रेसका १० जना नेताले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले गम्भीर षडयन्त्र गरेको भन्दै कडा आपत्ति जनाएका छन । कांग्रेसका १० जना नेताले सभापति देउवाले समायोजनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र रचेको आरोप लगाएका छन ।
केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले आज संयुक्त वक्तव्य जारी गर्दै सभापतिले पार्टी कब्जा गर्ने षडयन्त्रसहित कांग्रेसका निष्ठावान कार्यकर्ताको आत्मसम्मानमा गम्भीर प्रहार गरेको बताउनु भएको हो ।
‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको छ र आफ्नो सर्वस्व सुम्पेका साथीहरूको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ’, दश नेताको वक्तव्यमा भनिएको छ ।
बक्तब्यमा नेताहरुले पार्टीमा नयाँ सदस्यहरुको आगमन हुनु आवश्यक भएपनि कांग्रेसका पुराना कार्यकर्तालाई विस्थापित गर्नेगरी समायोजनका नाममा विधि विपरीत बाँडिएका सदस्यताले पार्टीको मर्ममाथि प्रहार हुने आफ्नो निश्कर्ष सुनाएका छन । बक्तब्यमा क्रियाशील सदस्यमा गरिएको बदमासीले समयमै महाधिवेशन हुन्छ भन्ने कुरामा संसय बढाएको जनाइएको छ ।
यस्तो छ संयुक्त वक्तव्य
प्रतिक्रिया दिनुहोस्