जनता टाइम्स

५ श्रावण २०७८, मंगलवार २०:४१

एमाले केन्द्रीय कमिटीले गर्यो सात निर्णय (सूचीसहित)


काठमाडौं, साउन ५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको मंगलबारको बैठक सात ओटा महत्वपुर्ण निर्णय गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने लगायत सातओटा निर्णय गरेको हो । आजको बैठकमा प्रदेश अध्यक्षसहितका नेताहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्टिङसहित आफनो धारणा राख्नुभएको छ ।

यी हुन सात निर्णय

१. माधवकुमार नेपाल समूहका २२ जना सांसदलाई कारवाहीको प्रकृयाको निश्कर्षमा पुग्न पार्टीले दिएको समय पूरा नभएकाले उक्त समय पूरा भएसँगै निर्णय लिने ।

२. पोखरा महानगरपालिका मेयर तथा पार्टीका केन्द्रीय सदस्य मान बहादुर जिसीको स्वास्थ्य लाभको कामना ।

३. पार्टीमा उत्पन्न समस्या समाधानको निम्ती बनेको कार्यदलको १० बुँदे प्रस्तावको कार्यान्वयवन गर्दै अन्तिम अवस्थासम्म पार्टीलाई एकतावद्ध बनाउन प्रयास गर्ने ।

४. सातवटै प्रदेशको वारेमा जानकारी, आगामी दिनमा पार्टीका केही नेतालाई कारवाही गर्दा कस्तो प्रभाव पर्छ भन्ने विषयमा गहन छलफल, सुझावलाई ग्रहण ।

५. सरकारले भूमिहीन, अव्यवस्थित तथा सुकुम्बासी सँग सम्बन्धि गठित आयोगलाई विघटन गर्न खोजेको भन्दै उक्त कार्यको आपत्ति ।

६. इस्लाम धर्मावलम्बीहरुको इद पर्वको शुभकामना ।

७. केन्द्रीय कमिटी बैठक बुधवार तीन बजे पुनः बस्ने ।