काठमाडौं, साउन ६ । एमाले नफर्कने निर्णयका साथ प्रधानमन्त्री शेरबहादुर देउवाको कित्तामा उभिनुभएका ‘एमाले बरिष्ठ नेता’ माधवकुमार नेपालले आफू राजनीतिक रुपमा समाप्त भएको स्वीकार गर्नुभएको छ । आफू निकट नेता–कार्यकर्तालाई टेलिफोन गर्दै अध्यक्ष केपी शर्मा ओलीको बिरोध गर्दागर्दै आफू सकिएको स्वीकारोक्ति गर्नुभएको हो ।
नेपालसँँग टेलिफोन संवाद भएकामध्ये केही कार्यकर्ताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार टेलिफोन संवादमा नेपालले आफू समाप्त भएको भन्दै अध्यक्ष केपी ओलीप्रति निकै आक्रोशित देखिनुभएको छ ।
माधव नेपाल आफू निकट नेता र कार्यकर्तालाई फोन गरेर भनिरहेका छन – ‘म त यसै सकिएँ, उसै सकिएँ तर ओलीलाई पनि सकाएर छाड्छु,’ आफूसँगको संवादमा नेपालको भनाई उधृत गर्दै ती कार्यकर्ताले जनताटाइम्स डटकमसँग भने । उनका अनुसार नेता नेपालले ओलीबिरुद्ध लाग्नु नै आफ्नो मिसन रहेको र त्यो कामका लागि जोसँग पनि मिल्ने घोषणा पनि नेपालले गर्नुभएको छ । ‘अव कुनै बिधि, पद्धती छैन, कुनै सिद्धान्तको कुरा पनि छैन, केपीलाई सकाउन जे पनि गर्छु,’ नेपालसँगको संवाद गरेका अर्का कार्यकर्ताले भने, ‘अब मलाई लिनु र पाउनु केही छैन, पार्टी प्रमुख भईसकें, प्रधानमन्त्री भईसके तर म ओलीलाई कतै ठाउँ दिन्न ।’
नेता नेपालले आफूलाई अव एमालेमा कुनै ठाउँ नरहेको तथ्यबारे जानकार रहेको जनाउ पनि दिनुभएको छ । ‘ एमालेबाहेक सबैले मलाई धेरैले सपोर्ट गरिरहेका छन तर कार्यकर्ताले गरेका छैनन । जब बिपक्षीले मेरो सपोर्ट गरिरहेका छन, मैले बुझेको छु– अब मलाई एमालेमा ठाऊँ छैन । म अलग हुनैपर्छ–तपाईहरू मलाई सुझाव नदिनुस,’ नेपालको भनाई छ ।
माधव नेपालको यस्तो स्वीकारोक्ति र आगामी अभियानको बिषयमा गृहजिल्ला रौतहटकै एक पत्रकारले पनि तथ्य फेला पारेको जानकारी सामाजिक सञ्जालमै दिएका छन । खोजी पत्रकारितामा रमाउने चन्द्र निगाहपुरका स्थायी बासिन्दा रहेका पत्रकार प्रकाश तिमल्सिनाले ट्वीटमा माधवको अभियानबारे आफूलाई आधा दर्जन बढीले बताएको भन्दै खुलासा गर्नुभएको हो ।

‘ माधव नेपाल आफू निकट नेता र कार्यकर्तालाई फोन गरेर भनिरहेका छन–म त यसै सकिएँ, उसै सकिएँ तर ओलीलाई पनि सकाएर छाड्छु । अब मलाई लिनु र पाउनु केही छैन, पार्टी प्रमुख भईसके– प्रधानमन्त्री भईसके तर म ओलीलाई कतै ठाउँ दिन्न । माधवको यो अभिब्यक्तिसहित फोन पाउने मैले मात्र ७ जनालाई भेटें,’ पत्रकार तिमल्सिनाले लेख्नुभएको छ, ‘+ माधव नेपालको यो तर्क पनि छ– एमालेबाहेक सबैले मलाई धेरैले सपोर्ट गरिरहेका छन तर कार्यकर्ताले गरेका छैनन । जब बिपक्षीले मेरो सपोर्ट गरिरहेका छन, मैले बुझेको छु– अब मलाई एमालेमा ठाऊँ छैन । म अलग हुनैपर्छ–तपाईहरू मलाई सुझाव नदिनुस, सकिन्न ।’
प्रतिक्रिया दिनुहोस्