जनता टाइम्स

६ श्रावण २०७८, बुधबार १७:२४

माधवसहित २२ जनालाई एमालेले सोध्यो स्पष्टिकरण, जवाफ नदिए वा चित्तबुझ्दो नभए सिधै निश्काशन (पत्रसहित)


काठमाडौं, साउन ६ । नेकपा एमालेले ‘बरिष्ठ नेता’ माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टिकरण सोधेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले आज माधवसहित २२ जना सांसदलाई स्पष्टिकरण सोध्नुभएको हो ।

स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआए वा जवाफ नदिए सिधै निश्काशन गर्ने जानकारी दिइएको छ । स्पष्टिकरणमा एमालेले संसदीय दलको विधानविपरीत पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने र गुटगत गतिविधि गर्ने कार्यमा लागेको अभियोग लगाइएको छ । अध्यक्ष ओलीले हस्ताक्षर गरेको स्पष्टीकरणमा अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ? भनेर प्रश्न गरिएको छ । जवाफ चित्तबुझ्दो नभएमा वा जवाफ नदिएमा तपाईलाई उपयुक्त बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ’, स्पष्टीकरणमा भनिएको छ ।

‘पार्टीको निर्णय बारम्बार उल्लंघन गरेकाले पार्टी विधानको धारा ४९ क, १,२,३,४,५,६,७ र ४९ (च) विपरित भएकाले पार्टीको साधारण सदस्यता लगायत पार्टीको जिम्मेवारीबाट किन निस्कासन नगर्ने ? निश्कासन गर्नुपर्ने कारण भए २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहोला,’ प्रतिनिधिसभा सदस्य र पार्टीको जिम्मेवारीसमेत उल्लेख गरी पठाइएको स्पष्टिकरण पत्रमा भनिएको छ ।