काठमाडौं, साउन ७ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा गद्दारी नै रहेको ठोकुवा गर्नुभएको छ । बरिष्ठ नेता माधवकुमार नेपालप्रति तिखो प्रहार गर्दै मुख्यमन्त्री पोखरेलले आज सामाजिक सञ्जालमार्फत यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
पोखरेलले पार्टीभित्रको अन्तरसंघर्षमा आफ्नै पार्टीलाई हराएर विरोधीलाई जिताउने कार्य कुनै पनि अर्थमा सही नहुने बताउनु भएको छ । पोखरेलले आफ्नो पार्टीको अन्तरविरोध अथवा किचलोको आडमा गोप्यरूपमा अर्कै पार्टीलाई सघाउने र आफ्नो पार्टीलाई हराउने काम गर्नु अथवा गराउनु गद्दारी भएको बताउनुभयो ।
‘अन्तरपार्टी संघर्षमा गुप्त रूपमा विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा अन्तर्घात हो, भने खुलेआम त्यसो गर्नु र गराउनु गद्दारी हो,’ माधव समुहको कामबारे भण्डाफोर गर्दै एमाले नेता पोखरेलले लेख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्