काठमाडौं, साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारी निवास बालुवाटारलाई पार्टी कार्यालय बनाउने निर्णय सच्याउनु भएको छ । प्रधानमन्त्री देउवाले अव बालुवाटारमा कांग्रेसको कुनै पनि बैठक नबस्ने निर्णयसहित बिगतको गलत परम्परालाई तोडनु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सरेकै दिन देउवाले कांग्रेस बैठक राखेपछि चर्काे आलोचना भएको थियो ।
अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एमालेको बैठक राख्दा चर्काे आलोचना गर्नुभएका देउवाले पनि बालुवाटार सरेकै दिन कांग्रेस बैठक राखेपछि चर्काे आलोचना भएको हो । जताततै बिरोध भएपछि कांग्रेस नेता गगन थापासहितका नेताहरु डेलिगेशन नै गएर बालुवाटारमा पार्टीको बैठक नराख्न सुझाव दिनुभएको थियो भने देउवाले लागू गर्ने बचन दिनुभएको थियो ।
प्रधानमन्त्री देउवाले अव पार्टीको बैठक बालुवाटारस्थित सरकारी निवासमा कहिल्यै नगर्ने निर्णय लिनुभएको जानकारी कांग्रेस महामन्त्री पूर्णबहादुर खडकाले दिनुभएको छ । खडकाका अनुसार देउवाले बालुवाटारमा बैठक नगर्ने निर्णयसहित भोलिको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक देउवाको नीजि निवास बुढानिलकण्ठमा गर्ने निर्णय भएको छ ।
‘बिगतको गलत परम्परालाई तोड्दै अब देखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारि निवास बालुवाटारमा नगरिने, स्वही निर्णयको कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारिको बैठक बुढानिलकण्ठमा,’ महामन्त्री खडकाले भन्नुभयो ।
बहुदलीय ब्यवस्थापछि सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसकै नेताहरुले बालुवाटारलाई पार्टी कार्यालयमा परिणत गर्ने कामको नेतृत्व गर्नुभएको थियो । त्यसपछि हालसम्म जो प्रधानमन्त्री भएपनि बालुवाटारमा पार्टीको बैठक आयोजना गर्दै आउनु भएको थियो । प्रधानमन्त्री देउवाले आफ्नै पूर्वव नेताहरुले सुरु गरेको गलत परम्परालाई तोडनु भएको छ । यद्यपी उहाँ यो निर्णयमा सधैभर अडिग रहनु हुन्छ कि हुन्न भन्ने भविश्यले देखाउन छ ।













प्रतिक्रिया दिनुहोस्