जनता टाइम्स

७ श्रावण २०७८, बिहीबार १७:५१

कांग्रेसलाई भोट हालेपछि रामकुमारीको प्रश्न : विचार र सिद्धान्तबाट च्यूत भएपछि आन्दोलन कहाँ पुग्छ ?


काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मतदान गर्नुभएकी एमालेकी समानुपातिक सांसद रामकुमारी झाँक्रीले बिधि र पद्धतीको प्रश्न उठाउनु भएको छ । प्रधानमन्त्री देउवालाई बिश्वासको मत दिएर पुष्पलालको बाटोमा हिडनु भएकी झाँक्रीले आज पुष्पलालको सालिक सामू उभिएर लोकतन्त्रको नयाँ मानक बनाएको बताउनु भएको हो ।

‘आज श्रावण ७ गते, नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको ४३ औँ स्मृति दिवस । कमरेड पुष्पलालप्रति हार्दिक श्रद्धासुमन। विचार र सिद्धान्तबाट च्यूत भएपछि आन्दोलन कहाँ पुग्छ ? व्यवस्था कहाँ पुग्छ भन्ने अध्ययन गर्न सात दशकको नेपाली कम्यूनिष्ट आन्दोलनको अध्ययन गरे काफी हुन्छ । म र मेरो पुस्ताले विधि र पद्धति बाहिर, व्यक्तिको शासनलाई अस्वीकार गर्दै आएको छ । तर एउटा नयाँ राजनीतिक संस्कार निर्माणको लागि केही न्यूनतम लोकतान्त्रिक मानकको निर्माण गर्न नयाँ ढंगले सोचौँ,’ पुष्पलालको सालिकसामू अभिवादन गरेको फोटो राख्दै झाँक्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।