जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार ११:४७

देउवा सरकारको अर्को चमत्कार, बालात्कार आरोपी ससुराली खलक डिआईजीमा बढुवा सिफारिस


काठमाडौँ, साउन ८ । बलात्कार आरोपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा बढुवाका लागि सिफारिस हुनुभएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले राणालाई डीआइजीमा बढुवाका लागि सिफारिस गरेको हो। राणा अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत हुनुहुन्छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्तिसँगै विभिन्न अपराध कर्ममा परेकाहरूले उन्मुक्ति पाउदै गएका छन् ।

बालुवाटार जग्गा प्रकरणका काँग्रेस नेता विजय कुमार गच्छद्धार देखि बलात्कारका आरोपित सम्मले उन्मुक्ति पाउने देखि पुरस्कृत समेत भएका छ । यस्तो बाटोमा सरकार हिड्न थालेपछि देउवा नेतृत्वको सरकार पतनकोबाटो तर्फै हिडेको प्रष्ट भएको एक काँग्रेस नेता बताउनुहुन्छ । एक प्रहरी अधिकारीले भने कतिपयले पुरस्कृत हुने सपना पनि देखिरहेका छन । यही क्रममा बलात्कार आरोपी नै प्रहरीको नेतृत्वदायी पदमा बढुवाको सिफारिसमा परेका छन । यस्तो अपराध कर्ममा रहेका तथा आरोपीतलाई मात्र सरुवा बढुवा गर्दा इमान्दार, कर्मठ प्रहरीको कर्मचारीहरु पछि पर्ने गरेको बताउनुभयो ।

यसअघि डेढ वर्षदेखि फरार रहेका बालुवाटार जग्गा काण्डका अभियुक्त विजय गच्छादार देउवा सरकार बनेको भोलिपल्टै अदालतमा हाजिर भएर धरौटीमा रिहा हुनुभएको थियो भने १४ जनालाई ज्यूँदै इटा भट्टामा जलाउने मोहम्मद अफताब आलमलाई छुटाउने गरी पक्रिया सुरू भएको छ । २०७६ माघमा सुनसरीमा एक महिलामाथि बलात्कार गरेको आरोप लागेपछि राणामाथि हिरासतमै राखेर अनुसन्धान चलेको थियो । पछि जिल्ला अदालत सुनसरीले राणालाई हाजिरी जमानीमा छाडेको थियो । उहाँलाई बलात्कारको अभियोग लागेपछि प्रहरी प्रधान कार्यालयले निलम्बन समेत गरेको थियो ।

उहाँ २०७६ माघ १६ गते निलम्बनमा पर्नुभएको थियो। बलात्कारको अभियोग लाग्दा एसएसपी राणा संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत हुनुहुथ्यो। राणाले भने आरोप अस्वीकार गर्दै आउनुभएको छ। पीडित महिलाले इटहरीको एउटा होटलमा आफूमाथि एसएसपी राणाले जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी दिनुभएको थियो ।उहाँको धरानमा रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो । पीडित भनिएकी महिलाले एसएसपी राणासँग आफू १५ वर्षदेखि सम्बन्धमा रहेको र राणाकै कारणले श्रीमानसँग सम्बन्ध विच्छेद भएको बताउर्दै आउनुभएको छ ।