जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार १४:४६

कांग्रेसले गर्यो दलित नेताको अपमान


काठमाडौं, साउन ८ । नेपाली कांग्रेसले सिंगो दलित समुदायकै अपमान गरेको छ । गण्डकी प्रदेशसभाका सदस्य दोबाटे विकलाई मन्त्रीको सपथका लागि बोलाएर बाटोमै नाम काटी अपमान गरेको छ । मन्त्रीका लागि तयार गर्न लागएर बधाइ समेत दिएपनि सपथ ग्रहणबाट भने रोकिएको हो । तनहुँबाट राजनीतिमा उदाउनु भएका दोबाटेको नाम कांग्रेसले छानेको भए पनि कांग्रेसकै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा काटिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रीमा छानिएको र सपथका लागि तयार हुन अनुरोध गरिएको भए पनि उनको नाम देउवाको दबामा बीचमै काटिएको छ । उहाँ सपथका लागि जाँदाजाँदै नाम काटिएपछि तनावमा पर्नुभएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका दोबाटेको नाम काटिएपछि कतिपय कांग्रेसकै नेताले पनि असन्तुष्टि जनाएका छन ।

कांग्रेसले आज तीन मन्त्रीको नाम छानेर १ बजे सपथग्रहणका लागि बोलाइएको थियो । छानिएका तीन मन्त्रीमध्ये मणिभद्र शर्मा र मेखलाल श्रेष्ठले सपथ लिनुभएको छ तर, दलित नेता दोबाटे विकको नाम भने बाटोमै काटिएको छ ।