जनता टाइम्स

९ श्रावण २०७८, शनिबार ०९:३४

एनआरएनए युकेको उपाध्यक्षमा मोहन कार्कीको उम्मेद्वारी, यस्तो छ एनआरएनए अघि बढाउने अठोट


लण्डन, साउन ९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको ३१ जुलाई २०२१ मा हुने निर्वाचनमा मोहन कार्कीले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । एनआरएनए राज्य समन्वय परिषद् स्कटल्यान्डका पूर्वअध्यक्ष र एनआरएनए यूकेका बर्तमान उपाध्यक्ष रहनुभएका कार्कीले आगामी निर्वाचनमा फेरी उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।

एनआरएनए यूके भित्र रहेर संस्थालाई नजिकबाट बुझ्नुभएका कार्कीले संस्थागत पारदर्शिताका लागि आवाज बुलन्द बनाउंदै बिधि बिधान र संस्थागत सुद्दिकरणमा एवं जनहितका खातिर आफु लगायत साथीहरु लगातार लागिरहने बताउनुभयो। गैरआवासीय नेपाली संघसंग आबद्द व्यक्तित्वहरु, आफन्त, साथीभाई तथा शुभचिन्तकहरुको सल्लाह, सुझाब र उत्प्रेरणापछि आफूले एनआरएनए युकेमा दोश्रो पटक २०२१(२०२३ कार्यकालको लागि स्कटल्यान्डको प्रतिनिधित्व गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको कार्कीको भनाई छ ।

चुनाबको मुख्य एजेन्डा पारदर्शिता रहेको कार्कीले बताउनुभयो। यसका अलावा नेपालीहरूको नागरिकता निरन्तरताको पक्षमा, नेपालमा रहेको सम्पत्ति र लगानीको सुनिश्चितता, गोर्खाहरूको समान अधिकारका अभियानलाई एनआरएनए युकेमार्फत सशक्त बनाउनका लागि आफू चुनाबमा होमिएको उहाँको भनाइ छ।

एनआरएनएलाई समाबेशी, राज्य समितिहरूलाई अधिकार सम्पन्न बनाउंदै एनआरएनएलाई साँगुरो घेरा बाट बाहिर निकालेर आमगैरआवासीय नेपालीहरूको साझा फूलबारीमा बिकाश हुनु पर्नेमा कार्कीले जोड दिनुभएको छ । त्यति मात्र नभएर जति सक्दो धेरै क्षेत्रबाट बिभिन्न तह तप्काका बौद्दिक व्यक्तित्वहरु यस संस्थामा आबद्द गराउन सकेमा संस्थाले राम्रो गति लिन सक्ने उहाँको ठम्याई छ। सदस्यता दर्तालाई सरल एवं सहुलियत, कार्यसमिति चयन प्रक्रियामा सर्वसुलभ र निस्पक्ष हुन् सकेमा धेरै भन्दा धेरै गैर आवासीय नेपालीहरु यस अभियानमा सामेल हुने र एनआरएनए यूकेलाई सामुहिक संस्थाको रुपमा रुपान्तरण गर्न सकिने कार्कीको विश्वास छ।

सामाजिक भाबना संग मन भित्रै देखि ऒतप्रोत यस अभियानमा उनि संगै संलग्न अन्य समकालीन उपाध्यक्षहरुको निस्वार्थ साथ र सहयोगले काम गर्न अझै बढी उर्जा मिलेको र निरन्तर निश्वार्थ अगाडी बढ्न सकेमा गैर आवासीय नेपाली संघ बेलायतलाई सबैको मन मुटुमा राख्दै सामाजिक साझा घरमा बिकाश गर्न सकिने छ, कार्कीले भन्नुभयो ।

विभिन्न सामाजिक संघ संस्थामा सक्रिय कार्की सफल ब्यबसायी, प्रपर्टी लगानि कर्ता समेत हुन् भने च्यारिटीतर्फ पनि कार्कीले उत्तिकै काम गर्नुभएको छ । विभिन्न संघ संस्थामा सल्लाकारको भुमिकामा रहेका कार्की अहिले व्यवसाय विस्तारको क्रममा फलक्रिकमा बसोबास गर्दै आउनुभएको छ । त्यहाँ कार्कीको अध्यक्षतामा रहेको फोर्थ भ्याली नेप्लिज एसोसियनले स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न गतिविधिहरू गर्दै आएको छ भने स्कटल्यान्डका सरकारी अधिकारीहरू नेपाली भाषालाई हाईयर सेकेन्डरीको पाठयक्रममा समेट्ने बिषयमा सकारात्मक भइरहेको छ ।

कार्कीले स्कटल्यान्डका सम्पूर्ण नेपाली समुदायलाई समेट्ने गरेर वाताबरण परिवर्तन न्यूनीकरणका लागि बृहत ‘क्लाइमेट चेन्ज’ प्रोजेक्ट चाँडै सुरु हुने बताउनुभयो । कार्कीको समाजसेवाप्रतिको सक्रियतालाइ स्थानीय सरकारी अधिकारीहरू र काउन्सिलले निकै सराहना गर्ने गरेका छन् । उहाँको सक्रियताको कारण स्कटल्यान्ड नेसनल पार्टीले स्कटल्यान्डको संसदमा सांसद एमएसपी (मेम्बर अफ स्कटिस पार्लियामेन्ट) को उम्मेदवार रूपमा पनि लान कार्कीलाई पहल गरिरहेको बताइएको छ।

कार्कीले ०७२ सालको भूकम्पको समयमा स्कटल्यान्डका विभिन्न संस्थाहरूसँगको सहकार्यमा सहयोग संकलन गर्नुका साथै भूकम्प पीडितहरूको अस्थायी घर निर्माणका लागि ठूलो सहयोगसमेत गरेका थिए । उहाँले कोरोनाको महामारीका समयमा नेपालका विभिन्न जिल्लामा सहयोग गर्नुभएको छ ।

कार्कीले सदा झैँ यसपाली पनि सबैको सहयोगको अपेक्षा गर्दै गैर आवासीय नेपालीहरुका हक हितका लागि आफु निरन्तर लागिरहने बाचा गर्नुभएको छ सबैको सहयोगको लागि अनुरोध पनि गर्नुभएको छ ।

यस्तो छ कार्कीको प्रतिवद्धता

आदरणीय बेलायतबासी आमा बुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा म मोहन कार्कीको नमस्कार,

गैर आवासीय नेपाली संघ बेलायतको निर्वाचन नजिकिंदै गर्दा स्कटल्याण्डबाट प्रतिनिधित्व गर्दै गैर आवासीय नेपाली संघ बेलायत रास्ट्रीय समन्वय परिसदको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु। हजुरहरु सबैको मायाँ र उत्प्रेरणालेनै गत कार्यकालमा गैर आवासीय नेपाली संघ बेलायत रास्ट्रीय समन्वय परिसदमा उपाध्यक्षको भूमिका निभाउदै संस्था सुद्दिकरणमा केहि कार्यहरु गर्ने अवसर मिल्यो र अझै पनि संस्थागत पारदर्शिता, लगायत सुद्दिकरणका सबालहरुमा धेरै कार्यहरु गर्न र बेलायती नेपाली समाजमा प्रत्यक्ष सरोकार राख्ने धेरै कार्यहरु गर्न बाँकि छ। हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्नेरु हजुरहरुहरुकै साथ, सहयोग, सुझाव र प्रेरणाले यहाँ सम्म आएँ र केहि गर्ने अवसर पाएँ फेरी एकचोटी हजुरहरुको साथ र सहयोगको अपेक्षा गरेको छु। म स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने भएपनि बेलायत भरिका सम्पूर्ण सदस्यज्युहरुले मलाई भोट दिन सक्नुहुनेछ। मेरो सफलता तपाईको एक भोटले निर्धारण गर्नेछ त्यसैले तपाईले मतदान गरि मलाई सहयोग गरिदिनु हुनेछ भन्नेमा पूर्ण आशावादी रहेको छु।

धन्यवाद नमस्कार