जनता टाइम्स

९ श्रावण २०७८, शनिबार १५:३१

महासचिव पोखरेलले खोले युथफोर्स भ्याली कमाण्ड घोषणामा अध्यक्ष ओली नआउनुको कारण


काठमाडौं, साउन ९ । एमाले महासचिव इश्वर पोखरेलले युथफोर्स भ्याली कमाण्ड घोषणा सभामा अध्यक्ष केपी शर्मा ओली नआउनुको कारण दिनुभएको छ । आफू अध्यक्ष अ‍ोलीको सन्देश लिएर घोषणासभामा आएको जानकारी दिँदै महासचिव पोखरेलले युथफोर्सले कानून हातमा लिने काम कहिल्यै नगर्ने बताउनु भयो ।

‘आज यो घोषणासभामा अध्यक्ष कमरेड आउने कार्यक्रम थियो, अन्तिम समयमा बिशेष कारणबस आउन सक्नुभएन, तर म उहाँको सन्देश लिएर यो कार्यक्रममा आएको छु,’ महासचिव पोखरेलले भन्नुभयो । एमाले अध्यक्ष ओली कार्यदलका नेताहरुले पार्टी एकताका लागि युथफोर्स घोषणा सभामा नजान दवाव दिएपछि उहाँको सट्टा महासचिव पोखरेल जानुभएको हो ।

‘खास कारणले अध्यक्ष उपस्थित हुन सक्नुभएन,’ महासचिव पोखरेलले भन्नुभयो । कार्यक्रममा बिगतमा युथफोर्सले आतंकसामू गर्विलो इतिहास कायम गरेको भन्दै महेश बस्नेतको खुलेर प्रसंशा गर्नुभयो । ‘युथफोर्स कानुनको साशन कायम गराउने, अन्यायको बिरुद्ध लडने फोर्स हो, यस्ले आफ्नो त्यो गर्विलो इतिहास कायम राख्ने छ,’ महासचिव पोखरेलले भन्नुभयो ।