काठमाडौं, साउन ९ । एमाले उपाध्यक्ष भीम रावलप्रति बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले गम्भीर आक्षेप लगाउनु भएको छ । उपाध्यक्ष रावल एमाले एकताको पक्षमा उभिनु भएपछि माधव र प्रचण्ड उहाँसँग फायर हुनुभएको हो ।
माधव निकट एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार पछिल्लो पटक भएको प्रचण्डसँगको बार्तामा माधवले रावलमाथि धोकेवाज र गद्धारको संज्ञा दिनुभएको छ । ‘भीम रावल यति गद्धार होला भन्ने सोचेको पनि थिईंन, सारै ठूलो धोकेवाज रहेछन,’ प्रचण्ड–माधव संवादको निश्कर्ष सुनाउँदै ती नेताले जनताटाइम्ससँग भने, ‘अन्तिम समयमा सारै ठूलो धोका दिए, यतिसम्मका गद्धारी गर्लान भन्ने लागेको थिएन ।’ स्रोतका अनुसार प्रचण्ड भन्दा माधव रावलप्रति आक्रोशित बन्नुभएको थियो । नेपालले आफू निवासमै गएर बिन्ती गर्दासमेत रावलले अपमान गरेर पठाएको गुनासो माधवले गर्नुभएको छ । ‘मलाई नै अपमान पो गरे बा, कसरी सोच्नु यति ठूलो धोकेवाज र गद्धार होलान भन्ने ?’ प्रचण्डसँग माधवको आक्रोश उधृत गर्दै स्रोतले भन्यो ।
पछिल्लो समय एमाले उपाध्यक्ष रावलले पार्टी एकताको पक्षमा उभ्याउँदै माधवबिरुद्ध बिद्रोहसहित सांसद पदबाटै राजीनामा दिनुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिएर राजनीतिक रुपमा चरम अनैतिक काम नगर्ने रावलको अडानपछि माधवले धम्की दिएको कारण राजीनामा दिनुभएको थियो । राजीनामा पछि नेपाल आफै रावलको निवासमा पुगेर सत्तारुढ गठबन्धनलाई बलियो बनाउने र एमालेबिरुद्ध अभियान छेडने कुरा माधवले गरेपछि रावलले आफू एमाले बिभाजनको पक्षमा नभएको र प्रचण्ड–देउवाको दास नबन्ने घोषणा गर्दै माधवलाई सच्चिन सुझाउनु भएको थियो । माधवले रावलको सोही अडानलाई धोकेवाज र गद्धारीको संज्ञा दिनुभएको हो ।
भीम रावल यति गद्धार होला भन्ने सोचेको पनि थिईंन, सारै ठूलो धोकेवाज रहेछन,’ प्रचण्ड–माधव संवादको निश्कर्ष सुनाउँदै ती नेताले जनताटाइम्ससँग भने, ‘अन्तिम समयमा सारै ठूलो धोका दिए, यतिसम्मका गद्धारी गर्लान भन्ने लागेको थिएन

माधवसँगको संवादपछि नै माओवादी अध्यक्ष प्रचण्डले आज सार्वजनिक रुपमा केही साथीहरु ढलेको भन्दै रावलप्रति आक्रोश पोख्नुभएको हो । प्रचण्डले रावलको नाम नलिई राजीनामा प्रकरणमा केही साथी ढलेको बताउनु भएको थियो । प्रचण्डले एमाले एकताको पक्षमा रावल उभिदा गठबन्धन भत्काउने षडयन्त्र गरेको आरोपसमेत लगाउनु भयो ।
‘यो गठबन्धन भत्काउन कसरत हुँदा केही साथीहरु नपत्याउँदो किसिमले ढल्दिनु भयो । राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पिरिटका साथ काम गरेका साथीहरु पनि ढले । त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरु भएका छन्,’ रावलप्रति आक्रोश पोख्दै प्रचण्डको भनाई थियो । ‘कांग्रेस र कम्युनिस्ट भनेर भत्काउन पनि खोजिँदैछ । तपाईंहरुले देखिरहनु भएकै छ, फर्मानका फर्मान घोषणा भएका छन् एमालेभित्र । अनेक प्वाल खोजेर हान्न खोजिँदैछ,’ प्रचण्डको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्