जनता टाइम्स

१० श्रावण २०७८, आईतवार ११:३६

जसपाका जिल्ला अध्यक्ष र उपाध्यक्ष नै एमालेमा प्रवेश, दिए यस्तो सन्देश


काठमाडौं, साउन १० । जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष र उपाध्यक्ष नै नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । जसपाका सर्लाही अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उहाँहरु एमालेमा प्रवेश गर्नुभएको छ । यादवद्वयलाई एमाले नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेलु पार्टीमा स्वागत गर्नुभयो । मन्त्री पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने बताउँदै समान व्यवहार गरिने बताउनुभयो । उहाँले नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिनेसमेत उल्लेख गर्नुभयो ।

जसपा छाडेर एमाले रोज्नुभएका दुवै नेताले मुलुक बनाउने सोच भएको पार्टी एमाले मात्रै रहेको निश्कर्षका साथ आफूहरु प्रवेश गरेको बताउनुभयो । अध्यक्ष केपी ओली नेतृत्वको सरकारले तराई मधेशमा गरेको काम र मुलुक बनाउने सवालमा एमालेको बिकल्प छैन भन्ने निश्कर्षका साथ आफूहरु एमालेमा आएको बताउनु भयो ।