काठमाडौं, साउन १०
सविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनले भनेको नमाने अवको ११ महिनापछि प्रधानमन्त्री हट्न सक्छन् या हट्दैनन् भन्ने एउटा चासो छ । सविधानको ब्यवास्था अनुसार देउवा अन्तिम विकल्पका प्रधानमन्त्री हुन् ।
यदि देउवाले विश्वाको मत नपाएको भए ओली जस्तै संसद विघटन गर्नुको विकल्प थिएन र देश मध्यवती निर्वाचनमा जाने थियो तर गठबन्धनको सहयोगले गर्दा विश्वासको मत पाए र संसद दुर्घटना हुनबाट बच्यो । यदि गठबन्धनले भनेको जस्तो भएन भने विश्वासको मत फिर्ता लिन सक्नेछन् । यस्तो भएमा पुन विश्वासको मत लिनु पर्नेछ यदि लिन नसकेको खाण्डमा संसद् विघटन गर्न भने पाउने छैनन् र राजीनामा दिनु पर्नेछ । यदि अर्को व्यक्तिले विश्वासको मन लिएको खण्डमा सविधानको धारा ७६ को उपधारा २ अनुसार हुनेछ ।
कतिपय संविधानविद्का अनुसार अन्तिम प्रधानमन्तीले संसद विश्वासको मत नपाए पनि संसद विघटन गर्न पाउने बताउछन् । तर संविधानविद्हरुको पनि यस विषयमा मत विभाजित भएको पाइन्छ । हुन त देउवाले कति समय गठबन्धनसंग मिलेर सरकार चलाउने भन्नेमा भर पर्छ । यदि विचैमा विबाद् भयो भने देउवा सरकार ढल्ने निश्चित नै छ । र यसपछि दुई ओटा विकल्प रहने छन् । चुनावमा जाने या अर्को सरकार बन्न मार्ग प्रशस्त गर्न विकल्प रहने छ ।













प्रतिक्रिया दिनुहोस्