जनता टाइम्स

१० श्रावण २०७८, आईतवार १५:५६

प्रधानमन्त्रीले गरे १३ दिनपछि एक राज्यमन्त्री नियुक्त, ब्यापारी उमेश श्रेष्ठले पाए स्वास्थ्य मन्त्रालयको जिम्मा


काठमाडौं, साउन १०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी उमेश श्रेष्ठलाई दिइएको छ । नेपालमा कोरोना भेरियन्टको दोस्रो लहरसँगै तेस्रो लहर भित्रिने विज्ञहरुले भन्दै आएको यस महामारीका बेला स्वास्थ्य मन्त्रालयमा आउने व्यक्ति को होला भन्दै सबैको चासो थियो ।

यस्तो कौतुहता बढिरहेको यस समयमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै राज्यमन्त्रीको पदमा रहने गरि श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो । राज्यमन्त्री नियुक्त श्रेष्ठ ब्यापारी हुनुहुन्छ ।