काठमाडौं, साउन ११ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आजबाट बिस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना रहेकोले मनसुन थप सक्रिय हुने जनाइएको छ ।
अहिले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्