जनता टाइम्स

११ श्रावण २०७८, सोमबार १०:३८

नर्वेमा खस्यो उल्कापिण्ड, यस्तो छ दृष्य


ओस्लो, साउन ११ । नर्वेमा उल्कापिण्ड खसेको छ। ठूलो आवाजका साथ नर्वेको राजधानी ओस्लोदेखि ६० किलोमिटर पर फिनमार्काको जंगलमा उल्कापिण्ड खसेको अनुमान गरिएको छ।

उल्कापिण्ड गए राति १ बजे खसेको थियो। हालसम्म उल्कापिण्डका कारण क्षति भएको कुनै विवरण आएको छैन। होलमेस्ट्रेडस्थित एक वेब क्यामराले खस्दै गरेको उल्का पिण्डको दृश्य कैद गरेको छ।

सोही भिडियोको आधारमा उल्का पिण्ड खसेको स्थान खोजी गरिएको हो । उल्कापिण्ड १५–२० किलोमिटर प्रतिसेकेण्डको गतिमा खसेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन ।