काठमाडौं, साउन ११
जनता समाजवादी पार्टी (जसपा) का नेता तथा सांसद रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपामा देखिएको विवादबारे निर्वाचन आयोगले हेडकाउन्ट गर्न सबैलाई अनिवार्य उपस्थित हुन भनेपछि जेलमा रहेका नेता तथा सांसद रेशम चौधरी निर्वाचन आयोग पुगेका हुन् ।
कडा सुरक्षा व्यवस्थाबीच सांसद चौधरीलाई निर्वाचन उपस्थित गराएका हुन् । यसअघि नै निर्वाचन आयोग पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । उपेन्द्र यादवले रेशम चौधरीलाई पनि निर्वाचन आयोगमै उपस्थित गराउने विषयमा निर्णय भइसकेको जानकारी गराउनुभएको थियो । यसअघि आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै उपस्थित भएर सनाखत गर्न भनेको थियो ।













प्रतिक्रिया दिनुहोस्