जनता टाइम्स

२६ आश्विन २०८३, सोमबार २१:०३

आदिवासी जनजाति तर्फ कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा तामाङको अग्रता  


काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति सहमहामन्त्री पदको मतगणनामा बहादुरसिंह लामा तामाङले अग्रता कायम गर्नुभएको छ। ९०० मत गणना हुँदा उहाँले ३८० मत प्राप्त गर्नुभएको छ।

एक पदका लागि भइरहेको प्रतिस्पर्धामा ओमबहादुर घर्ती मगरले २१७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ। त्यस्तै, तारामान गुरुङले ११८ मत प्राप्त गर्नुभएको छ। यसै गरी, दिलमान पाख्रिनले ७४ मत र प्रशान्तमानसिंह मास्केले २८ मत प्राप्त गर्नुभएको छ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।